‘यदि मेसी बेलुन डी आेरकाे याेग्य छैन भने मलाई फुटबलको बारेमा केही थाहा छैन’ – एटलेटिकोका फिलिपे लुइस

एटलेटिको मैड्रिडका फिलीपि लुइसले २०१८ बलुन डी आेर बहसमा आफ्नो शब्दहरू राखेका छन्। उनले भने कि लुका मोड्रिक भन्दा लियोनेल मेसील याे बर्ष को बलुन डी जित्न याेग्य थिए ।

च्याम्पियन्स लीग जित्न सफल हुदै र विश्वकपको फाइनलमा पुग्दा  मोड्रिक बलुन डी आेर जित्न सफल भए र क्रिस्टियानो रोनाल्डो र एन्टोन गिरीजमनले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
कालियन एमबापे जसले विश्वकप जित्न सफल भए, चौथो स्थानमा रहँदा र मेस्सी भने पाँचौं स्थानमा रहे।

हालांकि, फिलिप लुईस जाे ला लीगामा मेस्सी र बार्सिलोना काे  प्रतिद्वंद्वी हाे, मानछन कि २०१८ बलुन दि आेर मा अर्जेंटीनाका मेस्सी असली हकदार थिए भनेर।

“जब म पिचमा पुग्छु  मेरो मिशन प्रतिद्वन्द्वीले राेक्नु हो, चाहे त्यो मेस्सी वा कुनै अन्य खेलाडी हाेस्”  उनले Globoesporteलाई भने।
“तर धेरै वर्ष पछि मैले एक जना मान्छे देख्छु जसले आफुलाई समय अनुसार पुनरुत्थान गर्न जारी राख्यो – उसले ठूलो खेलेको छ र अब उनी मिडमा खेल्छन।
“अचानक, म सुन्छ  कि उनले बलाेन डी आेर जित्न योग्य छैन भनेर किनकी उनको २०१८ सिजन खराब थियो भनेर?
“उनले ला लीगा जिते,  कोपा डेल रेय जिते, उनी यूरोपको शीर्ष गाेल करता बन्न सफल भए  र धेरै असिस्टहरु पनि प्रदान गरे।
“जसले सोच्छ कि मेस्सी बेलुन डी आेरकाे हकदार छैन त्यसले मैले जे देखेको छु त्याे देख्न सक्दैन वा मलाई फुटबलको बारेमा केहि थाहा छैन। “
बार्सिलोनामा उहाँ सर्वश्रेष्ठ खेलाडी हुनुहुन्छ, “उनले थपिन्। “उनले गाेल स्कोर गर्छन् र जब उनले गर्दैन उनले असिस्ट प्रदान गर्दै आएको हुन्छ – र उनले याे अन्तिम 10 वर्षको देखि गर्दै आएका छन्।
“पिचमा मेरो साथ उनको प्रतिद्वंद्वी अनंत छ, तर पिच बाहिर   उनको लागि मेरो प्रशंसा पनि अनंत छ।