म २२ बर्षको उमेरमा बेरोजगार थिए – मेन्डि

एजेन्सी, एडौर्ड मेन्डीले चेल्सीको गोलपोस्टमा उत्कृष्ट प्रदशन गर्दा चेल्सीले रियल म्याड्रिडबिरुद्ध जित हासिल गर्न सफल रह्यो। फ्रेन्च गोलकिपरले करिम बेन्जिमाको दुइटा प्रहारलाई बचाउ गरे।

बेन्जिमाले डि बकसको छेउबाट गरेको प्रहारलाई मेन्डीले बचाएका थिए। पहिलो हाफमा उन्कै हेडरलाई अर्को उत्कृष्ट बचाउ गरे।

मेन्डी २०२० मा रेनेसबाट चेल्सी तर्फ लागेको थियो। उन्लाइ भित्र्याउन चेल्सीले २५ मिलियन युरो खर्चेका थिए। उन्को आगमन पहिले विश्वको सर्वाधिक महँगा किपर केपा आरिजाबलागाले पोस्ट सहमाल्दै आएका थिए।

यद्यपि, मेन्डीका लागि यहाँ सम्मको यात्रा त्येती सहज भन भएन। उन्को करिअर १३ बर्षको उमेर छदा लि हाभ्रे एकेडेमिकबाट सुरु भएको थियो।

जब उनी २२ बर्ष लागि उनी बेरोजगार हुन पुगे। उन्को एजेन्टले उन्लाई प्रिमिएर लिग क्ल्बको प्रस्ताव आएको भन्दै झुलाए।

“मेरो एजेन्टले मलाइ धोखा दियो” उन्ले ले पेरिसियनलाई बताए।

“मलाइ उनिमा पूरा बिश्वास थियो तर उन्ले मलाइ धोखा दिए। उस्ले मलाइ इगंलिश टिमको प्रस्ताव आएको बताए। तर पछि मैले फोन गर्दा फोन उठाएन”।

“म एक्लै प्रशिक्षण गर्न थाले आफ्नो अवसर पर्खी रहे। त्यो अनुभवले मलाइ मेरो दृस्टिकोर्णमा फरक ल्यायो”।

मेन्डी हार नमान्दै मार्सेलीको युवा टिमबाट खेल्न थाले। त्येस पछि उनी रिम्ससंग आबद्ध हुन पुगे। रिम्सको प्रदशनले गर्दा उन्लाइ रेन्नेसले भित्र्यायो। उनी त्या एक सिजन खेल्दै यस सिजन चेल्सी आएका हुन।