“म २०२०को बलोन डी’ओर जित्न योग्य थिएँ”

२०१९/२० सिजन रोबर्ट लेवान्डोस्कीको लागि निकै उत्कृष्ट रहेको थियो। बायर्न म्युनिखका स्टारले सिजनमा ४७ खेलमा ५५ गोल गर्दै बुन्डेसलिगा, डिअफबि पोकल र च्याम्पियन्स लिग जिते।

उनको यो उत्कृष्ट सिजन रहेको थियो जसको कारण उनले यो बर्स बलोन डि’ओर जित्ने धेरैको अपेक्षा थियो तर फ्रान्स फुटबलले यो बर्स बलोन डि’ओर नहुने बताए पछि उनि जित्न बाट वंचित भएका हुन्।

पोलिश आउटलेट, स्पोर्टो फ्याक्टीसँगको एक अन्तर्वार्तामा, २०२०को बलोन डी’ओर कसले जित्ने पर्ने बारे उनलाई प्रस्न गर्दा उनले बताए “म २०२०को बलोन डी’ओर जित्न योग्य थिएँ।

“हामीले बायर्नसँग आफूले सकेजति जित््यौं। प्रत्येक प्रतियोगितामा: म शीर्ष स्कोरर थिएँ। म बुझ्दछु कि अर्को खेलाडीमा अन्य दवाव बढी हुन सक्छ।”

यो बर्स बलोन डि’ओर नहुने बारे उनिमा फ्रान्स फुटबल प्रति कुनै आक्रोश नरहेको उनले बताए।

“मैले यसबारे सोचेको थिइनँ,” उनले स्वीकारे। “त्यसबेला हाम्रो अगाडि धेरै खेलहरू थियो। मैले महसुस गरे कि मेरो प्राथमिकता च्याम्पियन्स लिग हो। मैले कुनै व्यक्तिगत पुरस्कारको बारेमा सोचेको छैन। ”