“म हिंसाको प्रचारक होइन तर युनाइटेडका धेरै व्यक्तिहरुलाई थप्पडको आवश्यक छ”

१० खेलाडीमा सिमित म्यान्चेस्टर युनाइेडले टोटनह्याम हटस्पर्ससँग लज्जास्पद हार ब्यहोरे पछि पुर्व युनाइेड खेलाडी प्याट्रिक इभ्रा आफ्नो टिम संग निकै क्रोधित र दु: खी रहेको छन् ।

इभ्राले टोन्टेनह्याम बिरुद्ध म्यानचेस्टर युनाइटेडको ६-१को हार पछि खेलाडीहरू, प्रबन्धक र बोर्डमाथि प्रश्न गरेका छन्। उनको विश्वास छ कि क्लबको समग्र रणनीति अराजकतामा छ र उनले बताए कि एड वुडवर्डको स्थानान्तरण योजनाहरुमा गल्ती रहेको छ।

स्काईपोर्ट्समा खेल पछिको विश्लेषणमा युनाइटेडको प्रदर्शन प्रति आफ्नो असन्तुष्टि देखाए र उनि निकै क्रोधित र दु: खी थिए।

“यो क्लबमा के भइरहेको छ? यो म जस्तो मान्छेलाई तोड्न गाह्रो छ तर म अहिले दु: खी छु। म हिंसालाई बढावा दिदिन तर युनाइटेडका धेरै व्यक्तिहरुलाई राम्रो थप्पडको आवश्यक छ।” प्याट्रिक इभ्राले भने

“स्काईपोर्ट्समा पंडितको रुपमा यो मेरो दोस्रो खेल हो, म एक सकारात्मक व्यक्ति हुँ। मँ युनाइटेडको बारेमा कुरा गर्न चाहान्दिन जब तपाईले सत्य कुरा गर्नु पर्ने हुन्छ, र म आफ्नो क्लबलाई माया गर्छु।

“यो प्रत्येक वर्षको कुरा हो, यो उही कथा हो। म अहिले सबै फ्यानहरुको दुःख महसुस गर्छु।”