“म हरेक खेलको हरेक मिनेट खेल्न चाहन्छु”

लिभरपूलका स्टार मोहम्मद सलहाले प्रबन्धक क्लोपलाई आफुलाई आराम गर्नु मन नपर्ने बताएका छन् । सलहाले जोर दिए कि उनी यस सिजनको हरेक खेलको हरेक मिनेट खेल्न चाहन्छन।

उनले भने, “म खेलको प्रत्येक मिनेटमा पिचमा रहन चाहन्छु। म ९० मिनेट मात्र हैन ९५ मिनेट पनि खेल्न चाहान्छु, यो सिजन गाह्रो तालिकाको बाबजुद पनि मेरो इच्छा हरेक खेलको हरेक मिनेट खेल्नु हो।

“तर म म कोचको निर्णय र सब्सीट्यूटको ’boutमा कोचिंग स्टाफको सम्मान गर्दछु।”

२०२०/२१ सिजनमा , सलहाले २५ खेल खेलेका छन् र १७ गोल र ४ असिस्ट उनको नाममा रहेको छ।