“म सधैंभरि बार्सिलोनाको आभारी हुने छु र बार्सिलोना फ्यान हुने छु”- रफिन्हा अलकेन्तरा

बार्सिलोनाका रफिन्हा सेल्टा भिगामा गएका छन् तर उनले क्लब र फ्यानहरुलाई अलविदा गर्न बिर्सेनन्।

रफिन्हा सेल्टा भिगामा फर्केका छन् उनले उक्त क्लबमा आफु सानो हुँदा खेल्थे र २०१३/१४ सिजनमा पनि उनि उक्त क्लबमा लोनमा गएका थिए तर उनि बार्सिलोनाको ला मासियामा हुर्केको थियो र उनले क्लबको लागि ९० खेल खेलेका छन्।

“फेरि बिदा लिन समय आएको छ”- उनले ट्वीटर पोस्ट गरे।

“मैले जहिले भनेझैँ, म सँधै कृतज्ञ रहनेछु र सँधै कूल(बार्सिलोना फ्यान) नै रहनेछु”।