टोटेनह्यामका कोच जोसे मोरिन्होले पुर्व आर्सेनल कोच आर्सेन वेङ्गरले आफ्नो नयाँ जीवनीमा आफुलाई उल्लेख नगरेको बारे बोलेका छन्।
Jose Mourinho knows why he wasn’t mentioned in Arsene Wenger’s book 😂 pic.twitter.com/xc0TRwTnaN
— B/R Football (@brfootball) October 16, 2020
आर्सेन वेङ्गरले ‘माई लाइफ इन रेड एन्ड व्हाइट’ नामक जीवनी प्रकाशित गरेको थिए र सो जीवनीमा उनले आफ्नो प्रतिद्वन्द्वी कोच मोरिन्हो बारे उल्लेख गरेका छैनन् र मोरिन्हो भन्छन् उनी “राम्ररी बुझ्दछन्” किन उनीको नाम वेङ्गरको नयाँ जीवनीमा देखा परेन।
वेङ्गरको टिम संग खेल हुँदा आफ्नो टिमले धेरै जित्ने हुँदा वेङ्गरले आफ्नो जीवनीमा उनलाई उल्लेख नगरेको भनेर जोसेले बताएका छन्।
“किनभने उनले बिरुद्ध कहिले जित्न सकेनन” स्पर्सका कोच मोरिन्होले मुस्कुराउँदै भने, जना उनलाई सो बारे एक रिपोर्टरले प्रस्न गरे।
Mourinho on why he was not in Wenger’s new book:
“Because he never beat me. You are not going to do a chapter about 14 matches that you never win!”
“So why should he speak about me in a book. A book is to make you proud!”
Savage Jose 🤣 pic.twitter.com/vwg8JI7hqH
— The Spurs Web ⚪️ (@thespursweb) October 16, 2020
“पक्कै पनि तपाई आफ्नो जीवनीमा १२-१३ खेलहरु हारेको बारेमा लेख्न हुन्न- जब तपाईले कहिल्यै एक पनि जीत सक्नु भएन। उनले मेरो बारेमा किन आफ्नो पुस्तकमा बोल्नु पर्छ?
“किताबमा तपाईलाई खुशी पार्ने र तपाईलाई गर्व दिने कुरा लेख्ने हो त्यसैले म स्थिति राम्ररी बुझ्छु।”
वेङ्गरले २०१८मा आर्सेनल छोडे र अहिले उनि फिफामा काम गर्छन र हाल उनले आफ्नो पहिलो पुस्तक प्रकाशित गरेका छन्।