युभेन्टसका अल्भारो मोराटाले आफ्नो टिम मेट क्रिस्टियानो रोनाल्डोको प्रसंसा गरेका छन्।
अल्वारो मोराटाको विश्वास छ कि “अविश्वसनीय” क्रिस्टियानो रोनाल्डोलाई सबै समयका सर्वश्रेष्ठ खेलाडी हुन् र आफ्ना बच्चाहरूलाई उनले युभेन्टसका स्टार संग आफु खेलेको बारे बताउन चाहान्छन्।
I will tell my children I played with Ronaldo, says Juventus forward Morata https://t.co/aKU98zQgTl pic.twitter.com/Uipa3eHwOc
— Goal South Africa (@GoalcomSA) January 15, 2021
पाँच पटकका बलोन डि’ओर विजेता रोनाल्डोले सिरी एमा आफ्नो आफ्नो तेस्रो सिजनमा १८ खेलमा १९ गोल गरेका छन् ।
मोराटाले रियलमा पनि रोनाल्डो संग खेलेका थिए र हाल युभेन्टसमा पनि उनि संग खेल्न पाउँदा उनि धेरै खुसी छन्।
“उहाँको साथ टिममा खेल्न सजिलो छ,” उनले स्काई स्पोर्ट इटालियालाई भने। “मैले उनलाई केहि समय देखि चिनेको छु। केहि अवसरहरूमा जब सामान्य व्यक्तिले स्कोर गर्दैन, उनले स्कोर गर्छन।
🗣: The idea of playing with Ronaldo and Dybala excites me and makes me happy, I have a great relationship with them on and off the pitch, they’re a cut above the rest. I’ll tell my children that I played with them.
[Morata]
— Bianconeri Zone (@BianconeriZone) January 15, 2021
“पर्मा बिरुद्ध मैले उनलाई असिस्ट गरे त्यो पास उनले मात्र देख्न र बुझ्न सक्छन। खेलमा उनको चालहरु र उनलाई के गर्न मन पर्छ भनेर मैले बुझेको छु।
“उहाँ अझै पनि फुटबल इतिहासमा एक उत्कृष्ट हुनुहुन्छ। उहाँ महान हुनुहुन्छ, उनि संग अतुलनीय गुण छ र उनि जहाँ पनि खेल्न सक्छन, चाहे त्यो नम्बर, १० वा ११ होस्।
“यो मेरोलागि गौरव हो। म उनको खेल हेर्दै हुर्कें र हाल उनि र डिबाला संग खेल्न पाएको छु।
“उनीहरू उच्च तहका खेलाडीहरू हुन्। म मेरा बच्चाहरूलाई उनीहरूसँग खेल्ने पाएको बारे बताउनेछु।”