“म रेफ्रीको बारेमा कहिले बोल्दिन, तर आज म आक्रोशित छु”

ला लिगामा रियल म्याड्रिड सेभिल्ला सँग २-२को गोलको रोके पछि रियलका कोच जिदान खुसी छैनन्। खेल भिएआर र रेफ्रीको निर्णयबाट केही विवादास्पद हुन पुगेको थियो र जिदानले रेफ्री सँगको आफ्नो असन्तुष्टि स्पष्ट बनाए।

आइतबार राति घरेलु मैदान सान्टियागो वर्नबाउमा सेभिल्लासँग २–२ गोलको बराबरी खेल्दा रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको थियो र खेल पछि आफू रेफ्री सँग आक्रोशित रहेको जिदानले बताए।

भिएआरको निर्णय रियलको विरुद्ध भए पछि जिदानले रेफ्रीको आलोचना गरे। खेलमा सेभिल्लाले पेनाल्टी पाएको थियो भने करिम बेन्जिमाको हेड गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अफसाइड दिएको थियो । इडर मिलिटोले बक्सभित्र ह्याण्ड गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो।

“म धेरै आक्रोशित छु,” जीदानले मोभिस्टारलाई खेल पछि भने। “मैले एउटा विवरण खोज्न रेफरीसँग कुरा गरें। यो वास्तवमै गाह्रो छ किनकि हामी उक्त खेल जित्ने हकदार थियौँ।”

उनले पछि आफ्नो प्रेस सम्मेलनमा भने: “म रेफ्रीबाट केही पनि बुझ्दिन। यदि त्यहाँ मिलिटोको ह्याण्डबल छ भने,सेभिल्लाको ह्याण्डबल पनि दिन पर्ने थियो।

“म यो कुराबाट खुसी हुन सक्दिन। म रेफ्रीको बारेमा कहिले बोल्दिन, तर आज म आक्रोशित छु।

“मलाई यसबारे अरू कुरा नसोध्नुहोस्, मैले सोचेको कुरा मैले भनिसकेको छु। उनीहरूले मलाई ह्याण्डबलका नियमहरू बुझाउनु पर्छ र यो नै हो। हामी अन्तसम्म लडिरहेका छौँ। मृत्युसम्म।”

उनलाई भिएआरमा भरोसा रहेको वा नरहेको भनेर प्रश्न गर्दा, जिदानले जवाफ दिए: “म फुटबलमा विश्वास गर्छु। मैले भनेको यो हो कि मैले दुई वटा ह्यान्डबल देखेको थिएँ र उनीहरूले मात्र हामीलाई सजाय दिए।”