“म रेकर्ड पछ्याउदिन, रेकर्डले मलाई पछ्याउछ”-रोनाल्डो

एजेन्सी, इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रीस्टियानो रोनाल्डोले इनस्टाग्राम मार्फत आफुले रेकर्ड नपछ्याउने बरु रेकर्डले आफुलाई पछ्याउने भनी अभिव्यक्ति दिएका छन्।

उन्ले यो अभिव्यक्ति मार्फत फूटबल एक सामुहिक खेल रहेको तर व्यक्तिगत खुड्किला पार गरि मात्र आफ्नो टिमलाई सफलता दिलाउन सकिने भनेका छन्।
सो पोष्ट मार्फत उन्ले यो सिजनको सिरि ए विजेता इन्टर मिलानलाई बधाई पनि दिएका छन्। युभेन्टसले यो सिजनको सिरि ए उपाधी जित्न असफल भएता पनि उनी यो सिजनको सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए।

उनी हालै इङ्ल्याण्ड, स्पेन र इटालीका सबै महत्वपूर्ण घरेलुु ट्रोफी जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन्। उनले इङ्ल्याण्ड, स्पेन र इटाली गरि प्रत्येक देशमा १०० भन्दा बढी गोल गरि सकेका छन्।
३६ वर्षका रोनाल्डोले स्पोर्टिङ, म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्स गरि चार वटा छुट्टाछुट्टै देशका क्लबहरुमा खेली सकेका छन्। रोनाल्डोले आफ्नो क्लब करियरमा ८९६ खेल खेली सकेका छन् जस्मा उन्ले ६७४ गोल गर्न सफल भएका छन्।