“म रियल म्याड्रिडमा सबैलाई प्रभावित गर्न चाहन्छु”- ईडन हजर्ड

ईडन हजर्डले रियलको लागि पहिलो खेल प्रि-सिजनको मैत्रीपूर्ण म्याचहरुमा खेल्ने छन् र आफ्नो खेलले सबैलाई प्रभावित पर्ने र राम्रो छाप छोड्ने हजर्डले आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

मैत्रीपूर्ण म्याचहरुको प्रतिस्पर्धी केहि कम हुने भए पनि आफु पुरै मेहनत गर्ने उनले बताए। मैत्रीपूर्ण म्याचहरुको प्रतिस्पर्धी केहि कम हुने भए पनि आफु पुरै मेहनत गर्ने उनले बताए। रियल म्याड्रिडले बायर्न म्यूनिख संग खेल्ने छन् र उनले उक्त म्याचमा आफ्नो देब्यु खेल खेल्ने छ।

“बायर्न संगको खेल प्रि-सिजनको मैत्रीपूर्ण खेल हो तर त्यो खेल मेरो पहिलो हुने छ र उक्त खेलमा म राम्रो छाप छोड्न चाहन्छु र सबैलाई प्रभावित गर्न चाहन्छु, फ्यानहरु, कोच, टिममेट सबैलाई”

“म सबै भन्दा राम्रो खेल्ने प्रयास गर्नेछु, म रियल म्याड्रिडमा सबैलाई प्रभावित गर्न चाहन्छु” – ईडन हजर्ड