‘म रियलमै अाफ्नाे खेल जीवनको अन्त्य गर्न चाहन्छु’

रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् ।


सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो । तर, रियल उनलाई क्लबमै रहने विषयमा सहमत गराउन सफल भएको बताइएको छ । उनको पारिश्रमिकमा बृद्धि गरिएको पनि औपचारिक रुपमा भने कुनै निर्णय सार्वजनिक भएको छैन ।

विश्व कप फुटबलमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मोड्रिडले व्यक्तिगत उत्कृष्ट यो वर्षका सबै अवार्ड जितिसकेका छन् । विश्व कपमै उत्कृष्ट खेलाडी चुनिएका उनले फिफा बेस्ट अवार्ड र ब्यालोन डी ओर जितेका थिए । अहिले आएर भने उनले आफु रियलमा खुसी रहेकोको बताएका छन् ।

‘म चाहन्छु की मेरो खेल जीवनको अन्त्य यहि होस् । त्यो मेरो लागि त्यो महत्वपूर्ण छ,’ उनले भने, ‘मैले माथिल्लो स्तरमा रहेर खेल्नु पर्छ । त्यो आफैंमा सहज छैन ।’ सिजनको सुरुवात मोड्रिचले कमजोर रुपमा गरेका थिए ।

मैदान भित्रको व्यस्तताका कारण उनी केहि थकित भएको अनुमान गरिएको थियो । पछिल्लो समय भने उनी फेरि लयमा देखिएको विश्वास गरिएको छ । उनी लयमा फर्कदा घरेलु लिग र च्याम्पियन्स लिगमा रियलको चुनौति बलियो हुने अपेक्षा गरिएको छ