२०१८मा फ्रान्सलाई विश्वकप जिताउने कोच डिडियर डेसच्याम्प्सले बेन्जेमाले भनेको कुराहरु बिर्सन नसक्ने बताए। बेन्जेमाले उनि प्रति लगाएको आरोपबाट उनि अझै सम्म बेन्जेमा संग क्रोधित छन्।
Deschamps has admitted he “can’t forget” what Benzema once said about him 😬https://t.co/RlGSkGAuhb pic.twitter.com/nWeB2BlWFR
— MARCA in English (@MARCAinENGLISH) January 16, 2021
२०१५ देखि डेसच्याम्प्सले बेन्जेमालाई फ्रेन्च राष्ट्रिय टोलिमा समावेश गरेका छैनन्। सो समय बेन्जेमा माथि आफ्नो टिम मेटको ब्ल्याकमेल काण्डमा हात रहेको आरोप लागेको थियो।
तर बेन्जेमाले आफु टिममा नपर्नुको कारण जातीय भेदभाव रहेको बताए र डेसच्याम्प्स माथि भेदभावको आरोप लगाए।
बेन्जेमाको सो आरोप पछि फ्रेन्च कोच माथि धम्की र आक्रमण पनि भएको थियो र सो बारे बोल्दै फ्रान्सका कोचले बेन्जेमालाई आफुले कहिले माफ गर्न नसक्ने बताए।
🗣 Didier Deschamps: “The Benzema case? What happened had an effect on me, even if I forgot a little over time, I can’t completely forget it, it is not just about Karim, there are also statements from other people that led to this violent event that affected my family.” #rmlive🇫🇷 pic.twitter.com/MfR05TxAJp
— Los Blancos Live (@blancoslive) January 16, 2021
“यसले आफ्नो छाप छोड्यो। यो समयको साथ केहि अलि कम भए पनि म यो बिर्सिन सक्दिन,” डिडियर डेसच्याम्प्सले आरटीएललाई भने।
“यो केवल करीम बेन्जेमाको बारेमा मात्र होइन, त्यहाँ अन्य व्यक्तिको टिप्पणीहरू छन् जसले मेरो परिवार विरूद्ध यो हिंसा गरेका थिए।”