“म यो स्थतिलाई ठीक गर्न सक्छु”

रियल म्याड्रिडका प्रशिक्षक जिदानले च्याम्पियन्स लिगको पहिलो खेलमा शाख्तर डोनेस्कसँग ३-२ पराजित भएपछि आफुले क्लबको समस्याहरु “ठीक” गर्न सक्ने कुरामा जोड दिए।

लिगमा क्यादिज संगको हार पछि रियलले फेरी युसीएलमा युक्रेनको क्लबविरुद्ध हारे बेहोरे।

“म आफुलाई यो स्थति ठीक गर्न सक्षम देख्छु, र यही कुराको कोशिस गर्दैछु,” जीदानले आफ्नो पोस्ट म्याचको अन्तर्वार्ता भने।

“र खेलाडीहरूले पनि प्रयास गर्ने छन्। हामी समाधान खोज्दैछौं र हामी यसलाई फेला पार्न जाँदैछौं। अब हामीले शनिबारको खेल [बार्सिलोना अवे ]को तयारी गर्नुपर्नेछ।”

फ्रेन्च कोच आफ्नो केही खेलाडीसँग खुसी थिएनन्, यद्यपि उनले स्वीकार गरे कि केहि खेलाडीको प्रदर्शनले उनलाई प्रभावित गरेन।

“यो एक नराम्रो अनुभूति हो, निश्चित रूपमा, जीडानले भने। “यो सबै चीजको मिश्रण हुन । हामीले पहिलो गोल खान गल्ती गरे र यसले हाम्रो आत्मविश्वासमा असर गर्यो।