“म यो क्लबलाई ट्राफीहरु जिताउने छु”

टोटनह्याम हट्स्पर फुटबल क्लबका कोच जोसे मोरिन्हो क्लबमा उपाधि ल्याउने कुरामा विश्वस्त छन्।

टिम चोटपटकबाट प्रभावित भएको बावजुद, मोरिन्होले क्लबको १२ बर्ष ट्रफी खडेरी समाप्त गर्ने वाचा गरे।

आरबी लाइपजिगमा च्याम्पियन्स लिग लिगको दोस्रो लेगको भिडन्त अगाडि उनले भने: “मलाई विश्वास छ कि स्पर्स म संग उपाधि नजित्ने एकमात्र क्लब बन्न छैन। मैले सबै क्लबमा जितेको छु र मलाई विश्वास छ कि म यहाँ पनि जित्ने छु।”

मोरिन्होले यो पनि टिप्पणी गरे: “म यहाँ आएको तीन वा चार महिना भइसक्यो। मैले एउटा अत्यन्त गाह्रो परिस्थितिमा टीम पाएँ – र अब यो अझ कठिन हुँदै छ।

“तर म आफु, खेलाडीहरु, क्लबमा विश्वास गर्दछु र म विश्वास गर्दछु कि मेरो साढे तीन वर्षको सम्झौताको बखत म क्लबलाई यो गर्न मद्दत गर्नेछु।

“लाइपजिग बिरूद्ध मानसिक पक्ष एकदम महत्त्वपूर्ण छ। कहिलेकाँही तपाई टिम क्वालिटी, विकल्पहरूमा, एक अभिव्यक्त बेन्चको मदतले खेल जित्नु हुने छ।

“तर अहिले यो हाम्रो मामला होइन। हामीसँग खेलाडीहरूको सानो समूह छ उनीहरूले सके जति सबै दिएका छन्।”