“म युभेन्टस छोड्न धेरै नजिक थिए”

युभेन्टस स्ट्राइकर पाउलो डिबालाले गत गर्मीको ट्रान्सफर विन्डोमा आफु क्लब छोड्नुबाट धेरै नजिक रहेको बताए।

उनले स्वीकार गरे कि उनी युभेन्टस छोड्न नजिक थिए र म्यान्चेस्टर युनाइटेड र टोटनह्याम उनलाई साइन गर्न चाहन्थे।

उनले भने: “म क्लब छोड्न नजिकै थिएँ। यो क्लबको सोचमा थियो, मलाई थाँहा थियो। अन्तिम मिनेटसम्म हामी कुर्दै थियौं।”

२६ बर्षीय स्टार युभेन्टसमा नयाँ कोच मौरीजियो सार्रीको नेतृत्वमा राम्रो खेल्दै छन्, २६ खेलमा उनले ११ गोलगरेका छन्उ भने ५ सहयोग प्रदान गरेका छन्।

“मेरो सम्झौतामा दुई बर्ष बाँकी छ,” उनले थपे।

“यो छोटो समय होइन तर यो लामो पनि होईन। हामी युभेन्टसको योजना के हो भने हेर्ने छौं, त्यो क्लबको लागि निर्णय हो। यो जान्न गाह्रो छ किनकि चीजहरू एक सेकेन्डमा परिवर्तन हुन्छ।

“तर म यहाँ छु,क्लबले मलाई राम्रो व्यवहार गरेको छ; म खुशी, सहज महसुस गर्दै छु।

सार्रीको आगमनले मलाई धेरै सहयोग पुर्‍यायो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ