“म यहाँ ठूलो उपाधिहरु जित्न आएको हुँ”

बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच भन्छन कि उनी क्याटालानहरूसँग सिल्भरवेयरहरु जित्न उत्सुक छन्।

मिरालेम प्यानिच यस गर्मीमा युभेन्टसबाट बार्सा सरे।

“म विश्वको सर्वश्रेष्ठ क्लबमा छु र यहाँ त्यो खेलको शैली छ जुन म सँधै खेल्न चाहन्छु,” उनले भने।

“तर म अझै सन्तुष्ट छैन। म ठूलो उपाधि जित्ने अवसर चाहन्छु। त्यो मेरो लक्ष्य हो। सर्वश्रेष्ठ हुनु र उत्कृष्ट उपाधि जित्नु म यो चाहान्छु।

“मैले विगतमा बायर्न वा इन्टर जस्ता क्लबहरूमा जाने प्रस्ताव पाएँ। तर यो सही समय जस्तो देखिएन। २०१६मा युभेन्टस जान सक्षम भए पनि म पोगबा, पिर्लो र विदाल भएको टोलीमा नियमित खेलको लागि दुई बर्ष गुमाउने मेरो चाहना थिएन । अब म बार्साको लागि खेल्छु र यो निकै चुनौतीपूर्ण छ।