“म यहाँ छुट्टीको लागी आएको होइन”

म्यानचेस्टर युनाइटेडले आफ्नो पूर्व स्टार क्रिस्टियानो रोनाल्डोलाई साइन गरे पछि फ्यानहरू धेरै उत्साहित छन् भने हाल रोनाल्डो युनाइटेड सँग उपाधिहरू जित्ने मानसिकता देखाए पछि फ्यानहरू उनिबाट झन् धेरै खुसी भएका छन्।

युभेन्टसबाट युनाइटेड आएका सुपरस्टारले आफू क्लबमा केही समयको लागि मात्र आएको होइन भनेर दाबी गरेका छन्। ३६ वर्षका सुपरस्टारले प्रिमियर लिगमा न्यूकासल युनाइटेड विरुद्धको खेलमा डेब्यु गर्ने जानकारी छ र खेल अगिको अन्तर्वार्तामा उनले युनाइटेडमा ३-४ वर्ष सम्म खेल्ने दाबी गरे र आफू छुट्टीको लागी नआएको उनले बताए

“म यहाँ जित्नको लागि आएको हु- म यहाँ छुट्टीको आएको होइन। महत्त्वपूर्ण कुरा जित्नु हो र मैले धेरै बर्ष पहिले यो जर्सी लगाएको थिएँ, तर म यहाँ फेरि जित्नको लागी आएको छु।-रोनाल्डोले बताए।

“म र मेरो टिम मेट यसको लागि सक्षम छौ । म प्रतिस्पर्धा गर्न तयार छु, यो मेरो लागी, समर्थकहरूको लागी, क्लब को लागी एक कदम अगाडी बढ्ने राम्रो मौका हो।

“म तयार छु र मलाई लाग्छ कि म अर्को तीन वा चार बर्ष मा एक ठुलो चीज हुनेछु।”

रियलमा जानु अगाडी रोनाल्डोले युनाइटेडको लागि २९२ खेलमा ११८ गोल गरेका थिए भने क्लबमा उनले ३ लिग र १ च्याम्पियन्स लिग जितेका थिए।