पोग्बाले म्यान्चेस्टर युनाइटेड छोड्ने पक्का

म्यान्चेस्टर युनाइटेडका मिडफील्डर पोग्बाले म्यान्चेस्टर युनाइटेड छाड्ने लगभग पक्का भएको छ।

उनको एजेन्ट मिनो रावोलाका अनुसार पोग्बा र क्लब बीच कुरा भहिरहेको बताए। कुरा अन्तिममा पुगेको पनि जानकारी दिएका छन्।

उनले पोग्बा कुन क्लब जाने बारे कुनै कुरा खुलासा गरेका छैनन्। उनी गत सिजननै म्यान्चेस्टर युनाइटेड छाड्न चाहान्थे।

धेरै मिडियाले युभेन्टस वा रियल मेड्रिड जाने अनुमान गरेका छन्।