“म मेस्सी र सुवारेजसंग कहिल्यै नजिक थिएन” – राकिटिच

बार्सिलोनाका पुर्व खेलाडी इभान राकिटिचले आफू ६ बर्ष बार्सामा हुँदा मेस्सी र सुवारेजसंग कहिल्यै नजिक नभएको बताएका छन् ।

क्रोय्सियाका खेलाडी यस सिजन आफ्नो पुरानो क्लब सेभिल्लामा फर्केका हुन् ।

६ बर्षको अन्तरालमा ४ वटा ला लिगा र अन्य उपाधी संगै जित्दा पनि दुई स्टार फर्वाडसंग घनिष्ठ मित्रता नरहेको बताउछन् ।

“मेरो उनिहरु संगको सम्बन्धि घनिष्ठ थिएन ।”

“मेरो नजिकको र मिल्ने साथी इनियस्टा, टर स्टेर्गेन, बोएटेङ र फिर्पो थिए ।”

“तर म उनीहरु (मेस्सी र सुवारेज) लाई निकै सम्मान गर्छु । उनिहरु मेरो ६ बर्ष सम्म टिममेट थियो, र निकै महत्त्वपूर्ण खेलाडी थिए ।”

यी ३२ बर्षिय खेलाडी नयाँ प्रशिक्षक रोनाल्ड कोएमन आएपछि छोड्ने पहिलो खेलाडी बने । राकिटिचसंगै लुइस सुवारेजले पनि क्लब छोड्न सक्ने रिपोर्टस छ ।