‘म बार्सिलोना र आर्सनलको प्रशिक्षक कहिले बन्दिन’ – पोचेटिनो

इङलिस क्लब टोटेन्ह्यामका पुर्व प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू बार्सिलोना र आर्सनलमा कहिले प्रशिक्षक नबन्ने बताएका छन् ।

केही दिन अघि मात्र टोटेन्ह्यामबाट बर्खास्त भएका पोचेटिनोले बार्सा र आर्सनलमा आफू प्रशिक्षकको रुपमा नदेखिने भनेका छन् ।

पोचेटिनोले स्पेनमा इस्पान्योल र इङ्ल्याण्डमा टोटेन्ह्यामको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेको र त्यसै कारण बार्सिलोना र आर्सेनल उनको पुर्व क्लबहरुको ठुलो राइभल भएका कारण ती क्लबहरुमा कहिल्यै प्रशिक्षक नबन्ने बताए ।

“म बार्सिलोना र आर्सनलको प्रशिक्षक कहिल्यै बन्दिन, किनकि म टोटेन्ह्याम र इस्पान्योलबाट परिचीत छु,” – पोचेटिनो ।