“म बार्सिलोना फर्कन चाहान्थें”

ब्राजिलका फुल-ब्याक ड्यानियल एल्वसले आफु बार्सामा फर्कन चाहेको समय बारे बोलेका छन्। पुर्व बार्सा फुल-ब्याक ड्यानियल एल्वसले बताए कि उनले बार्सिलोनामा आफु फर्कने प्रस्ताव राखे तर क्लबका बोर्ड सदस्यहरू आफु गलत रहेको स्वीकार गर्ने तयार थिएनन्” ।

उनले बार्सामा ३९१ खेलबाट २१ गोल गरे भने १०१ असिस्ट पनि गरे र क्लबलाइ २३ उपाधिहरु जित मद्दत गरे। बार्साले उनलाई २०१६मा फ्री एजेन्टमा क्लब छोड्न दिए र उनि युभेन्टसमा गए।

युभेन्टसमा आफ्नो समय पछि बार्सा फर्किन चाहेको भनेर उनले बताए र सो बारे उनले भने “मैले बार्सामा फर्किनको लागि क्लब संग प्रस्ताव गरें। म अझै राम्रो स्तरमा छु भनेर प्रमाणित गर्न युभे गएँ,”।

“म बार्सामा फर्कने चाहान्थें र क्लबलाई मेरो आवश्यकता पनि थियो, तर तिनीहरूसँग(बार्सा बोर्ड) आफु गलत रहेको भनेर कुरा स्वीकार्न हिम्मत थिएन। यदि उनीहरूले मलाई म योग्य भएको जस्तो व्यवहार गरेको भए आज पनि बार्साको लागि खेलिरहने थिए। म यस क्लबलाई माया गर्छु । ”