“म बार्सिलोना दुई वर्षमा छोड्नेछु र तिमीले मेरो ठाउँ लिनेछौ”- मेस्सीले नेयमारलाई भने

BARCELONA, SPAIN - FEBRUARY 04: Lionel Messi (R) of FC Barcelona celebrates with his teammate Neymar Santos Jr after scoring his team's second goal during the La Liga match between FC Barcelona and Athletic Club at Camp Nou stadium on February 4, 2017 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)

लियोनेल मेसीले नेमारलाई बार्सिलोनामा फर्कन विश्वस्त पार्न पूर्ण प्रयत्न गरेका थिए ।

अर्जेन्टिनाका स्टारले आफ्नो पूर्व टीममेट नेमारलाई मनाउन धेरै प्रयास गरेको खुलेको छ र आफुले बार्सिलोना छोडे पछि नेमार नै क्याम्प नोउमा मुख्य खेलाडी बन्ने भनेर विश्वास दिलाउन खोजेको कुरा छ ।

“हामी सँगै खेलेर मात्र च्याम्पियन्स लिग जित्न सक्छौं,” फ्रान्स फुटबल रिपोर्टको अनुसार मेस्सीले नेमारलाई भनेका थिए ।

“दुई बर्षमा म जान्छु र तिमीले मेरो ठाउँ लिनेछौ।”

मेस्सी नेमारलाई बार्सिलोना फिर्ता गर्न बेकरार थिए। उनले नेमारको साथमा आफू र लुइस सुआरेज फेरि डरलाग्दो आक्रामक लाइन बनाउन सक्ने बताउँदै थिए।

नेमार फेरी बार्सिलोना आउने हल्ला चल्दै छ र मेस्सी पनि उनलाई फेरी आफ्नो क्लबमा देख्न उत्सुक रहेको देखिन्छ।