“म बार्सिलोना जान धेरै नजिक थिएँ”

इन्टर मिलानका स्टार लाउटारो मार्टिनेजले सिजन सुरु हुन अगाडी आफू ला लिगा क्लब बार्सिलोना जान धेरै नजिक रहेको खुलाएका छन्। गत सिजन देखि उनी बार्सा जान सक्ने धेरै चर्चा भएको थियो र सो ट्रान्सफर सफल हुन धेरै नजिक पुगेको उनले स्वीकार गरेका छन्।

“म बार्सिलोनामा सम्मिलित हुन धेरै नै नजिक भएको थिएँ र मैले यो कुरा मेस्सीसँग पनि गरेको थिएँ,” २३ वर्षीय स्ट्राइकरले ईएसपीएन अर्जेन्टिनालाई बताए।

“यद्यपि बार्सा त्यो समय आर्थिक समस्यामा थियो, त्यसैले मैले इन्टरमै बस्ने निर्णय गरेँ। यो सही निर्णय हो भनेर प्रमाणित भयो, विशेष गरी हामीले हाल लिग जितेका छौ।

“यस्तो महत्त्वपूर्ण क्लबमा उपाधि जित्नु अतुलनीय छ।”

उनले रियलले पनि आफूलाई साइन गर्न प्रयास गरेको खुलाएका छन्।

“जब म रेसिङ युवा टोलीमा थिए रियल म्याड्रिड दुई पटक मलाई साइन गर्न प्रयास गरेको थियो तर म अर्जेन्टिनाको फुटबलमा आफ्नो नाम राख्न चाहन्थेँ र तयार भएपछि मात्र मैले युरोपमा सर्न निर्णय लिए।