“म बार्सिलोनामा सुधार गर्दैछु”

बार्सिलोना आक्रमणकर्ता एन्टोनी ग्रिजम्यान रियल मल्लोर्काको संग को ५-२को जितले खुशी थिए।

फ्रान्सेली स्टार मेस्सी र लुइस सुआरेजको साथ क्याम्प नाउमा गोल कर्ताको सुचीमा थिए।

“हामी एक राम्रो खेल खेल्न चाहन्थ्यौं,” ग्रिज्म्यानले भने।

“पहिलो हाफ एकदम राम्रो थियो र हाम्रो तालमेल राम्रो थियो, हामीले दोस्रो हाफमा पनि राम्रो खेले।

“यो मेस्सी र सुआरेजबाट एक उत्कृष्ट खेल थियो र हामी जीतसँग खुसी छौं र हामीले यो जारी राख्नु पर्छ।

“अझै ठुलो खेलहरू हुनेछन्, हामी अझ राम्रोसँग कनेक्ट हुन गइरहेका छौं किनकी हामी अझै एक-अर्कालाई पूर्ण रूपले चिन्दैनौं।

“यहाँ धेरै कुराहरु छन् जुन मैले सिक्नु पर्छ।

“खेलहरूमा, प्रशिक्षण र भिडियोहरुको मदतले म सिक्दै छु र सुधार गर्दैछु।”