“म बार्सामा फर्किने छु”

Leo Messi of FC Barcelona celebrates after scoring a goal during the match of La Liga between Real Madrid and Futbol Club Barcelona at Santiago Bernabeu Stadium in Madrid, Spain. April 23, 2017. (ALTERPHOTOS) *** Please Use Credit from Credit Field ***

पेरिस सेन्ट जर्मेन पीएसजीका सुपरस्टार लिओनल मेस्सी भविष्यमा आफू बार्सिलोनामा फर्किने दाबी गरेका छन् ।

केही महिना अघि मात्रै बार्सिलोना छाडेर पिएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुनः फर्किने इच्छा जाहेर गरेका हुन् ।

उनले एक कुराकानीमा भनेका छन्, ‘बार्सिलोनालाई म माया गर्छु। उनीहरूलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’

उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बार्सिलोना गएर क्लबको व्यवस्थापन टिममा रहने चाहना छ। ‘मैले सधैँ पनि भनेको थिएँ । म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु।’