म्यानचेस्टर सिटी मिडफील्डर केभिन डि ब्रोइना विश्वास गर्छन् कि उनी बलोन डि’ओर चुनौतीमा प्रवेश गर्न नजिक छन् ।
केभिन डि ब्रोइनालाई नियमित रूपमा प्रिमियर लिगको सर्वश्रेष्ठ खेलाडी मध्ये एक मानिन्छ र पेप गार्डियोलाले उनलाई विश्वका ५ सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन चुनौती दिएका छन्।
Kevin De Bruyne: I’m pretty close to challenging for Ballon d’Or https://t.co/igOz9rrxxG
— TODAY (@todayng) February 29, 2020
“शायद त्यो समय धेरै टाढा छैन,” केभिन डि ब्रोइनाले स्काई स्पोर्ट्सलाई भने। तर म को हो यो निर्णय गर्ने? म केवल सकेसम्म राम्रो खेल्न प्रयास गर्छु।
“म गत केहि बर्ष देखि राम्रो खेलिरहेको छु, मलाई धेरै चोटपटक लागेको थियो तर म पिचमा हुँदा मैले राम्रो गरिरहेको थिएँ।
Kevin De Bruyne says he is ‘not too far’ away from Ballon d’Or throne https://t.co/95JRadtPxR pic.twitter.com/K54etxNp85
— The Sun Football ⚽ (@TheSunFootball) March 1, 2020
जर्मनीमा समेत मैले राम्रा अनुभवहरू पाएँ र मलाई खुशी लाग्यो, तर कसले निर्णय गर्दछ कि [सर्वश्रेष्ठ फुटबलरहरू] को हो भनेर मलाई थाहा छैन, तर मलाई लाग्छ म (बलोन डि’ओर को प्रतिस्पर्धा) धेरै नजिक छु