“म फेरी बार्सा अध्यक्ष बन्नको लागी लड्छु”- बार्टोमेउ

RUEDA DE PRENSA BARTOMEU

ला लिगा क्लब बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारियो बार्टोमेउले क्लबको अध्यक्ष पदको लागि आफू फेरी लड्ने दाबी गरेका छन्। हाल क्लबको खराब अवस्थाको लागि बार्टोमेउ माथि धेरै आरोप लागेको थियो भने उनले क्लबबाट राजीनामा लिएका थिए र उनको ठाउँमा लपोर्ता आएका थिए र हाल बार्टोमेउ भविष्यमा फेरी पनि बार्साको अध्यक्ष बन्ने आफ्नो योजना ’bout बोलेका छन्।

बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ २०१९को ट्रान्सफर विन्डोमा आफू धेरै सक्रिय नभएकोमा पछुतो महसुस गरेको दाबी गरे भने एन्फिल्डमा लिभरपुलसँग च्याम्पियन्स लिगको लज्जास्पद पराजय भोग्ने बित्तिकै क्लबमा परिवर्तन गर्न थाल्न पर्ने उनले स्वीकार गरे।

“लिभरपुल सँगको हार पछि चीजहरूको आकलन नगर्नु एक गल्ती थियो,” बार्टोमेउले एक अन्तर्वार्तामा स्वीकार गरे “हामीले एक पुस्ताको परिवर्तन गर्नु पर्ने थियो।

“मैले खेलाडीहरूको कुरा सुने र म गलत थिएँ। हामी आर्थिक रुपमा हाम्रो सीमा मा थियौँ र तब महामारीले हामी सबैलाई अचम्ममा गर्‍यो।”

उनले एम्बाप्पे साइन गर्ने आफ्नो योजना रहेको तर कोचहरूले डेम्बेले साइन गरेको आरोप लगाए भने ग्रिजम्यानलाई साइन गर्ने पनि कोचको निर्णय रहेको बताए।

बार्टोमेउले घोषणा गरे कि उनी फेरि पनि क्लबको अध्यक्ष पदको उम्मेदवार बन्ने योजनामा छन्।

“म आफूलाई फेरि पनि चुनावको लागी प्रस्तुत गर्ने छु।”

“मैले क्लब सँग १२ सिजन बिताएको छु लापोर्टा, रोसेलको साथमा र त्यसपछि म आफैँ अध्यक्षको रूपमा।”