“म फेरि पनि मेस्सीसँग खेल्न चाहन्छु”

नेमारले खुलाए कि उनी फेरी लियोनेल मेस्सी संग खेल्न चाहन्छन्। पेरिस-सेंट जर्मेनको म्यानचेस्टर युनाइटेड बिरुद्ध १-३को जित पछि ब्राजिलियनले ईएसपीएनसँग कुरा गर्दै बोले।

“मँ मेस्सी संग फेरि खेल्न चाहन्छु,” पिएसजीका सुपरस्टारले भने। “मलाई चाहिएको कुरा यहि हो। म फेरि उहाँसँग पिचमा हुन चाहन्छु। निश्चित रूपमा अर्को वर्ष हामीले यो गर्नुपर्नेछ।”

नेमारले आफ्नो आफ्नो यूरोपेली क्यारियर बार्सिलोनासँग सुरु गरेका थिए जहाँ उनि, मेस्सी र लुइस सुआरेजसँगै घातक एमएसएन स्ट्राइक फोर्सको हिस्सा बने।

२०१३मा उनि बार्सा आएका थिए र मैदानमा मात्र नभै मैदान बाहिर पनि नेमार र मेस्सीको सम्बन्ध धेरै राम्रो रह्यो। २०१७मा उनले बार्सा छोडे र धेरै पटक उनि बार्सा फर्किने चर्चा पनि हुँदा कुरा अघि बढेको छैन। हाल मेस्सी क्लब छोड्ने क्रम देखिन्छ र नेमारले अर्को वर्ष उनलाई पिएसजी आउन आग्रह गरेको जस्तो देखिन्छ।