“म फुटबलमा फर्कन तयार छु”

टोटेनह्यामबाट लगभग एक बर्ष अघि बर्खास्त भएका , मौरिसियो पोचेटिनो हाल खेलमा फर्कन तयार रहेका छन्।

गत सिजनको निराशाजनक शुरूआत पछि अर्जेन्टाइन कोचलाई स्पर्स बर्खास्त गरेको थियो र उनको ठाउँमा जोसे मोरिन्हो आए। कामबाट बाहिर भएका पोचेटिनोले स्काई स्पोर्ट्सको ‘मनडे नाइट फुटबल शो’ मा पाहुनाको रूपमा बोल्दै स्वीकार गरे कि उनि फुटबल प्रबन्धकको रूपको जीवन याद गर्दै छन् र फुटबलमा फर्किन तयार छन्।

“म फेरि पनि खेलमा सामेल हुन तयार छु,” उनले भने। “मलाई फुटबल मन पर्छ, यो मेरो इच्छा हो, यो मेरो काम हो।

“म काम खोज्दैछु। मलाई यो खेल मन पर्छ। म अरु फुटबलको काम गर्दैछु तर यो हरेक दिन संलग्न हुने र खेलाडी र कर्मचारीहरूसँग साझा गर्ने जस्तो छैन। मलाई पुरानो दिनको याद आउँछ, वास्तविकता यही हो।

म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिडले उनि माथि चासो देखाएको छ।