“म पिएसजीमै धेरै खुसी छु”

PARIS FRANCE - JANUARY 17: Neymar Jr of PSG celebrates his third goal during the French Ligue 1 match between Paris Saint Germain (PSG) and Dijon FCO at Parc des Princes stadium on January 17, 2018 in Paris, France. (Photo by Jean Catuffe/Getty Images)

पिएसजीका स्टार नेमारले आफ्नो क्लब छोड्ने मनसाय नरहेको बताए। पिएसजी आए देखि उनि फेरी बार्सा फर्किने धेरै चर्चा भएको थियो र बार्साले पनि उनलाई पूर्ण-साइन गर्ने चासो देखाउँदै आए पनि सो कुरा सफल हुन सकेको थिएन।

हाल उनले आफु बार्सा जाने चर्चालाई केहि शान्त बनाएका छन्। उनले एउटा अन्तर्वार्तामा बताए : “म यहाँ पेरिसमा एकदमै खुसी छु।

“म मेरो टीम मेटहरुको साथ क्लबमा धेरै खुसी छु। मेरो दिमागमा क्लब छोडेर जाने विचार रहेको छैन।

“क्लबमा हामी सबैको धेरै राम्रो सम्बन्ध छ, म पेरिस सेन्ट-जर्मेनमा खुसी छु।”