रियल म्याड्रिडका युवा विंगर रोड्रिगोले भनेका छन् कि उनले आफु नयाँ नेमार बन्ने कोशिश गरेका छैनन्, उनलाई धेरैले पेरिस सेन्ट-जर्मेनका स्टार संग तुलना गर्ने गर्छन।
🎙️ RODRYGO:
“Since I started my career they have compared me to Neymar or Robinho. I always wanted to be Rodrygo, to make my story. They already have theirs. There is only one Neymar and there will only be one Neymar. I will be Rodrygo.” pic.twitter.com/8WKOSXA5EN
— Brasil Football 🇧🇷 (@BrasilEdition) October 12, 2020
नेमार जस्तै उनि पनि ब्राजिलका सान्टोसबाट खेल्ने गर्थे र ठुलो रकममा उनि ला लिगा आएका हुन्। १९ वर्षका युवा स्टारले ब्राजिलको लागि पनि खेलेका छन्, तर उनि आफुलाई नयाँ नेमार वा रोबिन्होको रूपमा आउन चाहँदैनन्।
“मैले सन्तोसमा आफ्नो क्यारियर शुरू गरेको देखि, धेरैले मलाई नयाँ नेमार वा नयाँ रोबिन्हो भनेर बोलाउँथे,” उनले सीबीएफ टिभीलाई भने।
.@RodrygoGoes : “Since the start of my career, I’ve always had this burden, but I continue wanting to be Rodrygo & not the new Neymar.” pic.twitter.com/4y9hWxVs0h
— Real Madrid Xtra (@RealMadridXtra) October 13, 2020
“मसँग यो बोझ सधैं रहन्थ्यो। तर म सधैं भन्छु कि म रोड्रिगो बन्न चाहन्छु र आफ्नै ईतिहास बनाउन चाहन्छु।
“रोबिन्हो र नेमार ब्राजिलका सान्टोस र उनीहरूले खेलाका क्लबहरूको लागि आइडलहरु हुन्।
“तर मैले भर्खर भर्खर सुरू गरेको छु र म नयाँ नेमार हुन को लागी सोचिरहेको छैन। यो संसारमा एक मात्र नेमार छन्।
“क्यारियरको शुरूदेखि नै मसँग यो बोझ सधैं रहेको छ, तर म नयाँ नयाँ नेमार होइन, रोड्रिगो बन्न चाहान्छु।”