“म धेरै समय देखि एल क्लासीकोको लागि पर्खिरहेको छु”

बार्सिलोना स्टार एन्टोनी ग्रिजम्यान आफ्नो पहिलो एल क्लासिकोको अनुभव अघि उत्साहित छन्।

बार्साले यस हप्ताको अन्तमा नो क्याम्प नाउमा रियल संग खेल्ने छ ।

“यो एउटा यस्तो खेल हो जसको सारा संसारले प्रतिक्षा गर्छ र प्रशंसकहरूको लागि पनि यो खेल खेलाडीलाई जत्तिकै महत्त्वपूर्ण छ,” ग्रिजम्यानले बार्सिलोनाको आधिकारिक मिडियालाई भने।

“टिभीमा क्लासिको हेर्नु सधैं आश्चर्यजनक थियो, र अब यो खेलमा म आफै संलग्न हुन पाउनु सपना पुरा हुनु हो।’

“म धेरै खुसी छु र यसको प्रतिक्षा गर्दैछु, यो अविश्वसनीय दिन हुनेछ र मलाई आशा छ कि यसमा मैले राम्रो खेल खेल्ने छु।”