“म देश द्रोही हैन भन्दा कसैले सुनेन, साग खेल हेर्न रङ्गशाला छिर्न दिएनन्”- सागर थापा (VIDEO)

म्याच फिक्सिङको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान सागर थापाले आफ्नो दुखः बारे बोलेका छन्।

विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिए पनि आफु माथि लागेको दाग अझै नहटेकोमा आफ्नो दुःखकष्टको बारे उनले कथा टुडे संगको अन्तर्वार्तामा बोले।

उक्त अन्तर्वार्तामा उनले भने “म देश द्रोही हैन भन्दा कसैले सुनेन”

“साग खेल २०१९ हेर्न रङ्गशाला छिर्न दिएनन्।

एन्फाले आफ्नो मदत नगरेकोमा दुखः लागेको पनि उनले बताए।

सागर सहित चार खेलाडीमाथि एएफसीले आजिवन प्रतिबन्ध लगाएको छ । उनलाई फुटबलमा फर्कन गाह्रो छ । तर उनले फुटबल बाहेक जिन्दगीमा अरु केही नसोचेको बताएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ