“म च्याम्पियन्स लिग जित्न चाहन्छु”

एटलेटिको म्याड्रिडका युवा मिडफिल्डर जाओ फेलिक्स स्वीकार गर्छन् कि उनी च्याम्पियन्स लिग जित्न चाहन्छन्।

२० बर्षेका युवाले गत सत्रमा बेन्फीकाको साथ लिगा एनओएस जितेका थिए र अब उनि एटलेटिको म्याड्रिडमा युरोपियन सफलतालाई लक्षित गर्दैछन।

“च्याम्पियन्स लिग जित्नको लागि भाग्यको आवश्यकता छ,” जाओ फेलिक्सले बीटीभीलाई भने।

“तर हामी यसलाई जित्ने आशा राख्छौं र यदि मैले च्याम्पियन्स लिग जितें भने यो मेरो जीवन र मेरो क्यारियरको उल्लेखनीय समय हुने थियो।

“[मेरो जीवनको] सबैभन्दा खुशीको दिनहरूमध्ये यो एक हुनेछ -यो सपना जुन म सँधै देख्ने गर्छु जब देखि मैले फुटबल खेल्न सुरु गरे।”