“म क्रिस्टियानो रोनाल्डोलाइ ला लिगामा ‘मिस’ छु” – मेस्सी

क्रिस्टियानो रोनाल्डोले ला लिगा छोडेर गए पछि उनको र मेस्सी बीचको प्रतिस्पर्धा केहि कम भएको छ तर मेस्सीले भनेका छन् कि उनि रोनाल्डोलाइ ला लिगामा ‘मिस’ गर्छन भनेर। रोनाल्डो £९९ मिलियनमा स्पेनबाट इटाली गएका थिए, ९ वर्ष रियलमा खेलेर उनि युभेन्टस जादा धेरै चकित भएका थिए।


रोनाल्डो र मेस्सी बीच ला लिगामा ठुलो प्रतिस्पर्धा हुने गर्दथ्यो जसको कारण यी दुइ को खेल धेरै रोमाञ्चक हुने गर्थ्यो र आफ्नी खेल अजै राम्रो बनौन दुवै खेलाडी बीच प्रतिस्पर्धा हुदै गर्थ्यो।

“अवश्य, म रोनाल्डोलाइ धेरै ‘मिस’ गर्दछु, उनले रियललाइ बलियो बनाउनु हुन्थ्यो” सो बारेमा प्रस्न गर्दा मेस्सीले Fox Sportsलाइ भने।

“मैले भनेको थिए रियलले रोनाल्डोको अनुपस्थिति महसुस गर्ने छ, र यो सिजन त्यो कुरा प्रमाणीत भयो”

“केही मानिसहरू यो कुरामा क्रोधित छन् तर यो एक वास्तविकता हो, रियलको लागि उनले प्रति सिजन ५० गोल गर्थे र उनको अभावले रियललाइ असर परेको छ, ला लिगाले रोनाल्डोलाइ ‘मिस’ गर्दा छ”