“म क्यामरुनियन होइन” भन्दै एम्बाप्पेले गरे यस्तो खुलासा

पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर काइलियन एम्बाप्पेले आफू क्यामरुनियन नभइ फ्रेन्च भएको बताएका छन् ।

उनले आफ्नो फुटबल जिवनमा कलिलै हुँदा क्यामरुन राष्ट्रिय टोलिको लागि खेल्ने प्रस्ताव गर्दा ठुलो पैसाको माग गरेको खुलाएका छन् ।

“जब म फुटबल खेल जिवनको सुरुवातीमा कलिलै हुँदा मेरो बुवाले म क्यामरुन राष्ट्रिय टिमको लागि खेल्ने मौकाको बारे बुझ्दा, उनिहरुले खेलाउन भारी रकमको माग गरेको थियो,” एम्बाप्पेले बताए ।

“मेरो बुवा उनीहरुको तेस्रो नराम्रो ब्यवहार देखेर फ्रान्स टोलि तर्फ लगे, र फ्रान्सले मलाई यस्तो ठुलो अवसर दियो, मलाई बिश्व सामु मेरो प्रतिभा देखाउन र मलाई चिनायो । र अहिले म बिश्व कै महङ्गो खेलाडी हुँदा, क्यामरुनले अहिले मलाई बोलाउन्छ र क्यामरुनियन हो भन्छ जुन म होईन । म फ्रेन्च हु र सधैं फ्रेन्च नै रहनेछु ।”