“म बार्सिलोना पक्कै फर्कने छु”- पेप गार्डियोला

LONDON, ENGLAND - FEBRUARY 25: Pep Guardiola the head coach / manager of Manchester City during the Carabao Cup Final between Arsenal and Manchester City at Wembley Stadium on February 25, 2018 in London, England. (Photo by Catherine Ivill/Getty Images)

म्यानचेस्टर सिटिका हेड कोच, पेप गार्डियोलाले आफु फेरी बार्सिलोना फर्किने वारे कुरा खोलेका छन्। उनले बताए उनि ढिलो वा चाडो बार्सिलोना अवश्य फर्किने बताए।  ४८ वर्षका कोच, पेप गार्डियोलाले गत सिजन सिटि संग ऐतिहासिक ट्रेबल जितेका थिए र आउने सिजनमा पनि धेरै सफलता पाउने आस गरेका पेपले आफ्नो मातृभूमिलाइ नबिर्सिएको बताए, जहाँ बाट उनले आफ्नो क्यारियरको सफलताको सुरु गरे ।


उनले आफ्नो प्रिये क्लब बार्सिलोना फर्किने वारे बोले र उनले क्लबको अध्यक्ष नबन्ने कुरा पनि गरे ।

“म कुनै दिन पक्कै पनि बार्सिलोना फर्किने छु, ढिलो होस् वा चाडै बार्सिलोना फर्किने छु” ।

“तर म बार्सिलोनाको अध्यक्षको रुपमा आउने छुइन, त्यो कुरा बिर्सिए हुन्छ ” ।

“क्लब अध्यक्ष बन्न धेरै मेहनतको आवश्यक हुन्छ, म एक राम्रो कोच बन्न खोज्दै छु र यो काममा म राम्रो नै गर्दै छु जस्तो लाग्छ” ।
“म बार्सिलोना सहरमा बस्न फेरी फर्किने छु कुनै दिन ” ।