“म कहिल्यै पनि बार्सिलोनाको कोच बन्दिन”- मौरिसियो पोचेटिनो

पिएसजीका अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू कहिल्यै पनि बार्सिलोनाको कोच नबन्ने बताए। पूर्व एस्पेनयल कोच पोचेटिनोले आफू बार्सामा जाने कुरा असम्भव रहेको बताए।

 

एस्पेनयल उनले कोच गरेको पहिलो टिम थियो र उक्त टिम र फ्यानहरूलाई आफूले धेरै माया गर्ने बताए भने एस्पेनयलका चिर प्रतिद्वन्द्वी बार्सामा आफू कहिले नजाने पोचेटिनोले एक अन्तर्वार्तामा भने।

२०२०को जनवरीमा पोचेटिनो बार्साको कोच बन्न सक्ने धेरै चर्चा भएको थियो र सो समय कोम्यान बार्साका नयाँ कोच बनेका थिए।

आरएमसी स्पोर्ट, सँग कुरा गर्दै उनले बार्सामा कोच बन्ने प्रस्तावहरू अस्वीकार गर्ने बताए: “म बार्सिलोनालाई कहिले पनि व्यवस्थापन गर्ने छैन। त्यो असम्भव छ। मसँग जीवनको यो विचार छ, त्यो सहरको एक हिस्सासँग म जडान छु, जसले त्यो असम्भव बनाउँछ।