“म एक दिन इन्टर मियामीको लागि खेल्नेछु”- नेमार

ब्राजिलियन सेलिब्रेटी फुटबलर नेमारले एक दिन इन्टर मियामीको लागि खेल्नेछु भनेर क्लबका अध्यक्ष डेभिड बेक्ह्यामलाई आश्वासन दिए।

बेक्ह्यामको मेजर लिग सकर टिमले तीन हप्ता भित्र आफ्नो उद्घाटन गर्ने छ।

इन्टर मियामी एक प्रत्याशित फ्रन्चाइज क्लब बन्ने डेभिड बेक्ह्यामको आशा छ र उनि आफ्नो क्लबमा ठुलो स्टारहरु साइन गर्न चाहन्छन् ।

डेभिड बेक्ह्याम नेमारका ठुलो फ्यान हुन् र बेक्ह्यामले उनि संग मजाक गर्दै उनलाई खाली कागजमा हस्ताक्षर गर्न लगाए र  त्यो हस्ताक्षरले नेमारलाई आफ्नो अमेरिकी क्लब इन्टर मियामीमा साइन गर्ने बताए।

“त्यसो भए म तपाईंलाई कागजको एक टुक्रामा हस्ताक्षर गर्न दिन्छु। एक खाली कागजको टुक्रामा। यो मियामीको सम्झौता हुनेछ , १० वर्षको लागि। हामी धेरै तलब भने दिने छैनौं! बेक्ह्यामले मजाक गर्दै भने ।

नेमारले मुस्कुराउँदै भने: “डिल। डिल म आफै यो यो टिममा खेल्न चाहन्थे। मैले उनलाई पहिले नै भनिसकें। मैले उनलाई भनेको थिएँ म एक दिन त्यहाँ खेल्ने छु।