“म इन्टर मिलान छोड्न हतार गर्दिन।”

लौटारो मार्टिनेजले जोड दिए कि उनि इन्टर मिलान छोड्न हतार गरीरहेको छैनन् ।

अर्जेन्टिनाका स्ट्राइकर माथि ठुलो क्लबहरु ध्यान आकर्षित गरेका छन्, बार्सिलोना,म्यानचेस्टर सिटी जस्तो क्लबले उनलाई साइन गर्न प्रयास गर्ने खबरहरु छ।

मार्टिनेजको सम्झौता अनुसार उनको मूल्य € १११ मिलियन पुग्ने छ, जुन राम्रो मूल्य रहेको छ, उनको राम्रो प्रदर्शनको कुरा गर्ने हो भने।

तर स्टार स्ट्राइकरले बताए: “के म मेरो भविष्य इन्टर कल्पना गर्छु? म यहाँ खुशी छु, यो मेरो घर हो।

“(इन्टर प्रशिक्षक एन्टोनियो) कोन्टेले मलाई सुधार गर्न धेरै मद्दत गरे। उनले मलाई, खेलाडीले चाहेको मिनेट दिए। उनले मेरो माथि विश्वास गरे।”