‘म आफूलाई पूर्ण खेलाडी मान्छु’; रोनाल्डोले गरे आफ्नै तारिफ

क्रिस्टियानो रोनाल्डोले आफ्नो तारिफ आफैंले गरेका छन् ।

हालै रोनाल्डोले एक अन्तर्वार्तामा बोल्दै आफूलाई एक पूर्ण खेलाडी भनेका छन् । उनले आफू खेल शैली तथा कौशल र शारीरिक हिसाबले पनि फिट रहेको दाबी गरेका छन् ।

‘सबै हिसाबले एक पूर्ण खेलाडी भेट्न कठिन हुन्छ । तर, मलाई लाग्छ, म थोरै मध्ये एक त्यस्तो खेलाडीमा पर्छु होला,’ रोनाल्डोले भने, ‘म आफूलाई पूर्ण मान्छु । किनभने, म अझै पनि द्रुत छु र बलियो छु ।’

रोनाल्डोले आफू ३४ वर्षको उमेरमा पनि खेल शैलीका हिसाबले अझै राम्रो भएको बताए । ‘यो मेरो आत्मविश्वास हो कि, म अझै पनि खुट्टा र टाउको दुवैले पहिलाकै जस्तो खेल्न सक्छु । मलाई यो कुरा भन्न अप्ठेरो लाग्दैन,’ रोनाल्डोले भने ।