माल्कोम माथि भएको रंगभेदको कुरा जेनितद्वारा अस्वीकार – मिडियाले गलत अर्थ लगाएको दाबी

रसियामा माल्कोम माथि आफ्नै क्लबको फ्यानद्वारा भएको रंगभेदको खबर केहि दिन देखि सामाजिक संजालमा चर्चाको विषय बनेको थियो र धेरै फ्यानहरुले दुख व्यक्त गरे तर जेनितले उक्त खबरबारे आफ्नो बयान सार्वजनिक गरेका छन् र उक्त खबर गलत रहेको दाबी छ।

खबर अनुसार जेनितका फ्यानहरु क्लबले बेग्लै रंगको खेलाडी साइन गरेको भन्दै आक्रोसित भएको जनाएको थियो र जेनिथले उक्त कुरा अस्वीकार गरेको छ र मिडियाले केहि कुरा गलत तरिकाले प्रस्तुत गरेर गलत प्रचार गरेको दाबी गरे।