“म्याराडोना भन्दा मेस्सी उत्कृष्ट”

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले डिएगो म्याराडोना भन्दा लिओनेल मेस्सीसर्वश्रेष्ठ खेलाडी भनेर घोषणा गरेका छन्।

बार्सा मंगलबार रातको चैम्पियन्स लिग नेपोलिसँग भिडन्तका लागि लागि नेपल्समा छन्।

र पिकेलाई मेस्सी डिएगो म्याराडोनाको पुर्व टोलि संग खेल्न लागेको कुरा हरु बारे प्रस्न गरेको थियो।

उनले भने, “म्याराडोनाको बारेमा सबै कुरा पहिले नै भनिएको छ, उहाँ एक अद्वितीय खेलाडी हुनुहुन्छ जसले खेललाई धेरै दिएका छन्। उनले बार्सिलोना र नेपोलीको लागि खेलेका छन् ।

“उहाँको खेल सदासर्वदा सबैले सम्झना गर्ने छ। तथापि, तपाईं म्याराडोना र लियो बीचको तुलनाको लागि मलाई प्रस्न गर्नु हुने छ भने, म मेस्सीको स्थिरतालाई छनौट गर्नेछु। धेरै वर्ष देखि उनले आफ्नो जादू देखाउँदै आएका छन्।

“मैले सान पाओलोमा खेल्ने बारेमा मेस्सीसँग कुरा गरेको छैन। उनि पक्कै पनि आफ्नो इतिहासको लागि नयाँ स्टेडियममा खेल्न पाउँदा खुसी हुनेछन।

“यद्यपि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राम्रो परिणामको साथ मैदान छोड्नु हो।”