पिटर शिल्टनका अनुसार डिएगो म्याराडोना एउता महान खेलाडी थिए तर १९८६ को विश्व कप क्वार्टर फाइनल अर्जेन्टिनिले हातले गोल गरेका कारण तितो स्वाद छोडेको बताए।
मेक्सिकोको एजेटेका स्टेडियममा ११७,००० दर्शकहरूको अगाडि दुबै गोल म्याराडोनाले गरेका थिए जुन खेल अर्जेन्टिनाले २-१ ले जिते। हारसंगै ईंग्ल्यान्ड विश्व कपबाट बाहिरेका थिए।
त्यो विशेष खेलमा दोस्रो गोल विश्व कपको इतिहासमा उत्कृष्ट गोलमा गनिन्छ। तर, पहिलो गोल भने विवादासपद रहयो। उक्त गोल भने बल म्याराडोनाको हातमा छुदै जाली चुम्न पुगे।
शिल्टन, जसले १२५ क्याप्स जितेका थिए र त्यो दिन इग्ल्यान्डका कप्तान थिए, उनी घटनाबाट दुःखी छन् तर माराडोनाको महानतालाई मनाउनु पर्नेमा जोड दिए।
“उनी अहिलेसम्मका सर्वश्रेष्ठ खेलाडी थिए – उनले अर्जेन्टिनाका लागि विश्वकप जित्दा उनकि भुमिका महत्त्वपूर्ण थियो,” शिल्टनले स्काई स्पोर्ट्स न्यूजलाई भने।
“हामी केही साथीहरु उहाँसँग रुष्ट थिए किन कि उन्ले कुनै स्पोर्ट्सम्यानसीप देखाएनन।
“ठिक छ, तपाइँ फताइ वा गल्ती गर्नुहुन्छ, तपाइँले आफ्नो हात उठाउनु भयो गोल हुन पुग्यो तर मलाई लाग्दैन कि केही देशहरूमा दर्शन हाम्रो जस्तो थियो।
“त्यहाँ सधैं त्यो सानो तितो स्वाद हुन्छ तर त्यो अहिले हराइसकेको छ। ऊ बितिसकेको छ र हामीहरुले उनको महानतालाई मनाउनु पर्दछ।”
डिएगो म्याराडोना बुधबार बुएनोस ऐरेसस्थित आफ्नो निवासमा हृदयघातका कारण मृत्यु भएका थिए।