म्याराडोनाको मृत्यु पछि बोआसको फिफालाई यस्तो अनुरोध

आन्द्रे विलास बोआसका अनुसार फिफाले फुटबल विश्वभरि १० नम्बरको जर्सिलाई रिटायर गर्नुपर्ने धारणा व्यक्त गएका छ्न।

म्याराडोना बुधवार ६० बर्षको उमेरमा उनको घरमा हृदयघात भएपछि निधन भएको हो। उनको दुई हप्ता पहिले मस्तिष्कमा ब्लड क्लटको शल्यक्रिया गरे पश्चात् घरमै आराम गर्दै आइरहेको थियो।

अहिले सम्मको सर्वश्रेष्ठ खेलाडी मध्ये एकको रूपमा परिचित, म्याराडोना १० नम्बरको जर्सीको पर्यायवाची बनेका थिए – जुन उनले १९८६ विश्व कपको दौरान लगाएका थिए। उनले नेपोलि, बार्सिलोना र बोका जुनियर्सबाट क्लब फुटबल खेलेका थिए।

फुटबल लीजेंडलाई श्रद्धांजलि दिँदै मार्सिलिका प्रशिक्षक विलास-बोसले फिफाले १० नम्बरको जर्सीलाई म्याराडोनाको सम्मानमा रिटाएर गर्नु पर्नेमा जोड दिए।

‘यो एकदम दु:खद खबर हो, उनी मेरो लागि एक्दमै महत्त्वपूर्ण ब्येक्ती थिए, वहाले मेरो प्रशिक्षणको ढोका खोली दिनु भो”। बोआसले पोर्टोसंग २-० ले पराजित भए पछि पत्राकार सम्मेलनमा भने।

‘र म्याराडोनाको खबर सुन्न गाह्रो रहयो, म फिफालाई सबै टिमहरूको लागि सबै प्रतियोगितामा नम्बर १० जर्सि रिटायर गरोस् भन्ने चाहान्छु।

‘यो उनको लागि हामीले गर्न सक्ने उत्तम श्रद्धाञ्जलि हुनेछ।वहाले फुटबलको संसारको लागि अतुलनीय हार हो। ‘