म्यान सिटी £३० मिलियन मूल्य रहेको डिफेन्डर साइन गर्न इच्छुक

म्यान्चेस्टर सिटी एभर्टनका सेन्टर-ब्याक मेसन होलगेट साइन गर्न इच्छुक रहेको खबर छ।

२३ बर्षीय टोली एभर्टनमा ७३ खेल खेलेका छन् भने, चार अस्सिस्त प्रदान गर्दै १ गोल पनि गरेका छन्। मिररका अनुसार म्यानचेस्टर सिटी गर्मीमा कम्तिमा दुई डिफेन्डरहरु साइन गर्न इच्छुक छन् र होलगेट जसको मूल्य £३० मिलियन रहेको छ, पनि सिटीको सूचीमा छन्।

 

रिपोर्टले यो पनि दावी गरेको छ कि एभर्टनले उनि संग २ वर्षको लागि सम्झौता विस्तार गर्न चाहन्छ।

होलगेटले यस सीजनमा मर्सीसाइड क्लबको लागि २५ खेल खेलेका छन् भने वाटफोर्ड बिरुद्ध आफ्नो पहिलो गोल पनि गरेका थिए।

म्यानचेस्टर सिटीको डिफेन्समा केहि अभाव देखिएको छ र पेप नयाँ डिफेन्डरको खोजीमा छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ