म्यान सिटी £१०० मिलियन खर्च गरेर स्टार विंगर साइन गर्न इच्छुक

म्यान्चेस्टर सिटी एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलीशलाई साइन गर्न £१०० मिलियन भन्दा माथि तिर्न इच्छुक हुन सक्ने खबर छ। डेली मेलका अनुसार ग्रेलीश लामो समयदेखि पेप गार्डियोला द्वारा प्रशंसित छन् र सिटीका कोच २५ वर्षका स्टारलाई साइन गर्न चाहन्छन्।

भिल्लाले गत सेप्टेम्बरमा ग्रेलीशलाई आकर्षक नयाँ करारका साथ उनी सँग सम्झौता विस्तार गरे र क्लबका कप्तानसँग अझै सम्झौतामा चार वर्ष बाँकी रहेको छ। प्रिमियर लिगमा ज्याक ग्रेलीशको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र उनको मद्दतमा भिल्लाले ठुलो क्लबहरु विरुद्ध सकारात्मक परिणाम हासिल गर्न गरेको थियो।

उनको खेलको कारण धेरै ठुलो क्लबहरूको नजर उनी माथि परेको छ। अर्सेनल र म्यान्चेस्टर युनाइटेड जस्तो क्लब सँग उनको नाम जोडिएको बेला यो सिजनको लिग विजेता म्यान सिटी पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

एस्टन भिल्लाले आफ्नो कप्तान ज्याक ग्रेलीशलाई बेच्न ठुलो रकमको माग गर्ने जानकारी छ। खबर अनुसार उनको मूल्य £१०० मिलियन भन्दा बढी हुन सक्ने छ र म्यान्चेस्टर सिटी सो रकम तिरेर उनलाई क्लबमा भित्राउन इच्छुक रहेको कुरा छ।