प्रिमियर लिग क्लब चेल्सी हाल निकै खराब फममा रहेको छ। आइतबार एफ ए कपमा म्यानचेस्टर सिटी सँग ४-०ले हार्दै चेल्सी कपबाट बाहिरिएको थियो भने उक्त खेलमा चेल्सीको खराब प्रदर्शन खुसी नरहेका चेल्सी फ्यानहरूले आफ्नो पूर्व कोच थोमस टुचेलको नाम लिँदै हुटिङ गरेका थिए।
Chelsea fans are chanting for Thomas Tuchel 😳
(via @CarefreeLewisG) pic.twitter.com/fCrAJAyCaE
— ESPN FC (@ESPNFC) January 8, 2023
चेल्सीले जर्मन कोच टुचेललाई बर्खास्त गर्दै ग्राहम पोटरलाई नियुक्त गरेको थियो तर उनको नेतृत्वमा चेल्सीको प्रदर्शन राम्रो हुन सकेको छैन पछिल्लो १० खेलमा चेल्सी केवल २ पटक जित्न सफल भएको छ जसको कारण ग्राहम पोटर निकै दबाबमा रहेको छ।
आइतबार एफ ए कपमा म्यानचेस्टर सिटीको खेलमा चेल्सीको खराब प्रदर्शनबाट चेल्सीका फ्यानहरू खुसी थिएनन् भने चेल्सीका फ्यानहरूले टुचेलको नाम लिँदै उक्त खेलमा हुटिङ गरेका थिए- सिटी सँगको हार चेल्सीको पछिल्लो १० खेलमा सातौँ हार रहेको छ।
📉 2 wins in their last 9 games.
❌ Knocked out of the FA Cup at the 3rd Round stage for the 1st time since 1998.
😳 Away fans signing about Thomas Tuchel.
😬 Graham Potter has a lot of work to do over the next few weeks with Chelsea! pic.twitter.com/xw8b7i6vdF
— GiveMeSport (@GiveMeSport) January 8, 2023
चेल्सीको खराब फमको एक धेरै कारण मध्ये एक चेल्सीमा १० खेलाडीहरू चोट ग्रसित हुनु पनि रहेको छ।
हाल चेल्सी लिगको दसौँ स्थानमा रहेको छ। १७ खेलमा केवल ७ जित हासिल गर्दै चेल्सीले २५ अंक जम्मा गरेको छ भने शीर्ष चारको टिम सँग चेल्सीको ८ अंकको दुरी रहेको छ र रेलेगेसन जोनमा रहेको टिम भन्दा चेल्सी केवल ९ अंकले माथि रहेको छ।
च्याम्पियन्स लिगमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट नै चेल्सीले टुचेललाई बर्खास्त गरे पछि चेल्सीले ग्राहम पोटरलाई नियुक्त गरेको थियो। पोटरले चेल्सी सँग २०२७ सम्मको सम्झौता गरेका छन्।