म्यान सिटी पोर्चुगिज विंग ब्याक साइन गर्न इच्छुक

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले बेन्फीकाका विंग-ब्याक एलेजेन्ड्रो ग्रिमाल्डो साइन गर्न इच्छुक छन्। उनी धेरै समय देखि पेपको नजरमा रहेको जानकारी छ भने उनी लामो समयको लागि सिटीको विंग-ब्याक हुन सक्ने उनको विश्वास रहेको छ।

एलेजेन्ड्रो ग्रिमाल्डो स्पेनिस भए पनि हाल उनले पोर्चुगिज नागरिकता लिएका छन्। २०११ देखि २०१५ सम्म उनी बार्सा ‘बी’ का खेलाडी थिए भने हाल उनी बेन्फीकामा खेल्दै छन्।

खबर अनुसार बेन्फीका २५ वर्षका उक्त विंग ब्याकलाई बेच्न तयार हुने छ र हाल खबर अनुसार सिटी उनलाई साइन गर्न इच्छुक छ।

उनलाई साइन गर्न स्पेनिस क्लब एलेटिको म्याड्रिड पनि इच्छुक रहेको खबर छ।

एलेजेन्ड्रो ग्रिमाल्डोको सम्झौता क्लब सँग २०२३ सम्म छ र उनको रिलिज क्लज €६० मिलियन रहेको जानकारी छ।